youth ncp party prabesh in khumaltar
 

काठमाडौं, पछिल्लाे समय  नेकपा युवाहरुकाे आशाकाे केन्द्र बन्दै गएकाे छ । युवाहरु अन्य पार्टी छाेड्दै नेकपामा संगठित बन्दै जानुले यहीँ कुराकाे पुष्टी गर्दछ ।

तत्कालिन नयाँ शक्ति पार्टी नेपालका दुई दर्जन युवा विद्यार्थी साेमबार नेकपामा प्रवेश गरेका छन् । नयाँ शक्ति विद्यार्थी नेता रबिन खड्कासहित अन्य बिद्यार्थी नेताहरु नेकपा प्रबेश गरेका हुन् ।

साेमवार गोरखाकाे सहिद लखन गाँउपालिकाका २४ युवाहरु नेकपा अध्यक्ष प्रचण्ड निवासमा एक कार्यक्रमका बीच  नेकपा पार्टी प्रबेश गरेका हुन् । अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, हरिराज अधिकारी लागयतका नेताहरुले उनीहरुलाई स्वागत गरेका थिए ।

देशमा राजनीतिक क्रान्ति सफल भइसकेपछि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँशक्ति पार्टीले देशको आर्थिक सामाजिक क्रान्तिको नेतृत्व गर्ला भन्दा झन् स्खलित हुँदै गएकोले पार्टी परित्यागको घोषणा गरेको उनीहरूले बताए ।

उक्त पार्टी र उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपालबीच पार्टी एकीकरण भएसँगै जिल्लाका नयाँशक्ति पार्टीमा आबद्ध युवाले असन्तुष्टि जनाएर नेकपामा प्रवेश गरेका हुन् । आइतवार मात्र पनि गाेरखावाट ४० नेता कार्यकर्ता नेकपा प्रवेश गरेका  थिए ।