Madhab Kumar Nepal, Senior leader of Communist Party of Nepal
 

दाङ, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले विप्लवलाई वार्ता र संवादमार्फत उत्पन्न समस्या समाधान गर्न आग्रह गर्नुभएकाे छ।

दाङको घोराहीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले बन्दुकको भरमा त्रास पैदा गरेर चन्दा उठाउने र शासन गर्ने सपना नदेख्न आग्रह गर्नुभयाे । उहाँले चन्दा उठाउने र त्रास पैदा गर्ने अधिकार कसैलाई नभएको बताउँदै राज्यलाई कमजोर नठान्न चेतावनी दिनुभयाे।

पूर्वप्रधानमन्त्री नेपालले विप्लवलाई शान्तिपूर्ण राजनीतिमा आउन आग्रहसमेत गर्नुभयाे ।नियन्त्रणमुखी दिशामा लाग्नु गलत भएको भन्दै उहाँले सरकार तानाशाही बाटोमा जान नहुने बताउनुभयाे। नेता नेपालले बालुवाटार जग्गा प्रकरणमा दोषी ठहर भए नेकपाका महासचिव विष्णु पौडेललगायत सबैलाई कारबाही हुनुपर्ने टिप्पणी गर्नुभयाे ।

सरकारले सबै ठीक भएको छ भन्ने र प्रतिपक्षले सबै बेठिक भइरहेको छ भन्ने दुवै दृष्टिकोण आफूलाई चित्त नबुझेको उहाँकाे भनाइ थियाे।