Kalpana Subedi
 

भैरहवा,  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा रुपन्देहीकी नेतृ कल्पना सुवेदीले पार्टी परित्याग गरेको घोषणा गर्नुभएकाे छ । आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले विगतमा आफू विप्लवको पार्टीमा समर्पित भए पनि अब सो पार्टीमा नरहेको घोषणा गर्नुभएकाे हाे ।

विप्लव नेतृत्वको नेकपा अन्तर्गत अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्षको जिम्मेवारीमा रहेकी सुवेदीले प्रेस विज्ञप्ति मार्फत सबै पदबाट राजीनामा दिएको समेत बताउनुभएकाे छ । उहाँले पारिवारिक तथा कमजोर स्वास्थ्यका कारण सो पार्टीमा रहेर काम गर्न नसक्ने भएकाले आफूले राजीनामा दिएको बताउनुभयाे ।

विप्लव माओवादी भएको भन्दै उहाँलाई केही समय अगाडि प्रहरीले पक्राउ गरेकाे थियाे । अदालतबाट धरौटीमा रिहा भएपछि सुवेदीले अबका दिनमा स्वतन्त्र रुपमा आफू बाँच्न चाहकाले राजीनामा दिएको बताउनुभएकाे छ ।