काठमाडौं : सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले यही चैत १६ गते गर्ने भनिएकाे नेपाल बन्दकाे कार्यक्रम फिर्ता लिएको छ।
नेपाल बार एशोसियशन, राष्ट्रिय मानवअधिकार आयोग र परीक्षा नियन्त्रण कार्यलयको विज्ञप्ति र अनुरोधलाई सम्मान गर्दै नेकपाले बन्द फिर्ता लिने निर्णय गरेको हो।
पार्टीका महासचिव विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा ४ लाख ७५ हजार ३ जना विद्यार्थीको माद्यमिक शिक्षाको परीक्षा अवरोध नहोस् भन्नका लागि नेपाल वन्दको कार्यक्रम फिर्ता लिइएको जनाइएको छ ।
अन्य पूर्व घोषित आन्दोलनका कार्यक्रम भने यथावत रहने नेकपाले जनाएको छ।
विज्ञप्तिको पूर्णपाठः