काठमाडाैं, वैशाख ६ र ७ गते देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम दोस्रो चरण अन्तर्गत भिटामिन ए र जुकाकाे औषधि खुवाउने कार्यक्रम रहेकाे छ ।  ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेकाे श्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

यसका साथै शिघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम लागू भएका जिल्लामा ५ वर्षमुनिका बालबालिकालाई पोषणस्थित लेखाजोखा र ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई सुक्ष्म पोषणतत्व बालभिटा वितरण कार्यक्रम रहेको छ।

यी कार्यक्रमका लागि सबै स्थानीय तहबाट सहयोग, समन्वय  र सहजीकरण गरी सफलतापूर्वक अभियान संचालन गर्न सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई निर्देशन दिएको छ। यस अघि जिल्ला स्वास्थ्य र जिल्ला जनस्वास्थ्य कार्यालयले आफ्ना जिल्लामा कार्यक्रम संचालन गर्ने गर्थे। संघीयतापछि देशभरका ७ सय ५३ स्थानीय तहले यो कार्यक्रम गर्ने जिम्मेवारी पाएका छन्।

सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममा सहजीकरण गर्न सबै स्थानीय तहलाइ निर्देशन दिएको छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय तह समन्वय शाखाले आइतबार सबै स्थानीय तहलाई सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कार्यक्रम सहजीकरणका लागि सबै स्थानीय तहलाई सूचित गरिदिन चैत १३ गते सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको थियाे।