Chairman Prachanda, Nepal Communist Party (NCP)
 

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले शिक्षामा लगानी नहुँदासम्म मुलुक समृद्ध हुन नसक्ने बताउनुभएकाे छ ।

ललितपुरको सिद्धीमङ्गलस्थित श्री सिध्दिमङ्गल माध्यमिक विद्यालयको ६३औं वार्षिकउत्सवकाे उद्घाटन गर्दै अध्यक्ष  प्रचण्डले यस्ताे भन्नुभएकाे हाे । अध्यक्ष  प्रचण्डले भन्नुुभयाे – ‘जबसम्म शिक्षामा लगानी, पूर्वाधारको विकास र गुणस्तरियता कायम हुन सक्दैन तबसम्म हामीले देखेको समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा हुन सक्दैन।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले जीवन उपयोगी शिक्षामा विशेष जोड दिनुपर्ने धारणा राख्नुभयाे । उहाँले निर्वाचनका समयमा आश्वासन दिइएका शिक्षाका मुद्धा विस्तारै पूरा भइरहेको बताउँदै अगाडि भन्नुभयाे – ‘व्यवहारिक, प्राविधिक र वैज्ञानिक शिक्षालाई बढाउँदै र सैद्धान्तिक शिक्षाको अनुपातलाई कम गर्दै लैजाने नीति हामीले लिएका छौं । शिक्षामा आमुल सुधार गर्ने उद्देश्यले संसदबाट नयाँ विद्येयक प्रस्तुतसमेत भएको छ ।’

अध्यक्ष प्रचण्डले अब बेरोजगार पैदा नभएर रोजगार पैदा गर्ने शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयाे । उहाँले भन्नुभयाे – ‘आउने दिनमा शिक्षाको क्षेत्रमा बेरोजगारी पैदा गर्ने होइन रोजगारी पैदा गर्ने जनशक्ति उत्पादन गर्नुपर्छ ।’

समृद्धिको सपनालाई पूरा गर्नका लागि त्यस किसिमको शिक्षा निती बनाउन आफूहरु केन्द्रित भएको  उहाँकाे भनाइ थियाे ।