Off size Flag of Akhil Krantikari
 

काठमाडौं, अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) ले ‘सार्वजनिक विद्यालय सुधार अभियान – २०७६’ सञ्चालनको घोषणा गरेका छन् । ‘म बनाउँछु मेरो विद्यालय, हामी बनाउँछौं हाम्रो विद्यालय’ भन्ने स्वघोषणा गरेर संगठनको सिंगो पंक्ति सार्वजनिक विद्यालयको सुधार अभियानमा लगाउने निर्णय गरिएको अखिल क्रान्तिकारीका कार्यवाहक अध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभएकाे छ ।

निर्णयपछि अनेरास्ववियू (क्रान्तिकारी ) का कार्यवाहक अध्यक्ष सुरेन्द्र बस्नेत र अनेरास्ववियुका उपाध्यक्ष रश्मि आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘विद्यालय जाने उमेर समूहका हजारौं विद्यार्थीहरु अहिले पनि विद्यालय जान नसकेको यथार्थलाई दृष्टिगत गरी गत वर्षबाट शुरु भएको राष्ट्रिय भर्ना अभियानलाई सफल बनाउन दुवै संगठनको सिंगो केन्द्र, प्रदेश, जिल्ला र मातहतका सबै कमिटीका पदाधिकारी एवम् सदस्यहरुलाई परिचालन गर्ने निर्णय गरियो ।’

विद्यालय जाने उमेरका सबैभन्दा धेरै बालबालिका विद्यालय बाहिर रहेको प्रदेश नं. २ मा अभियानलाई प्राथमिकता दिइने नेता बस्नेतले बताउनुभयाे। अनेरास्ववियुकी सचिव आरती लामा र अनेरास्ववियू (क्रान्तिकारी) का सचिव सुर्यनारायण साहको नेतृत्वमा विशेष कमाण्ड बनाएर प्रदेश २ का सबै जिल्ला र स्थानीय तहमा टोली परिचालन गर्ने उहाँकाे भनाइ थियाे।

याे अभियान खासगरी २ नम्बर प्रदेश केन्द्रित रहने नेता बस्नेतले लेफ्टरिभ्युलाइ जानकारी दिनुभयाे । त्यसकाे अलावा देशभरीका सामुदायिक बिद्यालयलाइ व्यवस्थित बनाउन केन्द्रित रहने उहाँकाे भनाइ छ ।  अभियान अबधी भर करिव ४ हजार बिद्यार्थी परिचालन गरिने पनि उहाँले जानकारी दिनुभयाे ।

कुल बजेटको २० प्रतिशत बजेट शिक्षामा छुट्याउन पनि सरकारसँग माग गरेकाे  पनि बस्नेतले जानकारी दिनुभयाे ।

हेर्नुहाेस बिज्ञप्तिकाे पूर्ण पाठ