काठमाडाैं, गण्डकी मेडिकल कलेजलाई कारबाही गर्न दिइएको अल्टिमेटम कार्यान्वयन नगरेको भन्दै त्रिभुवन विश्वविद्यालयको डिन कार्यालयमा विद्यार्थी संगठनले तालाबन्दी गरेका छ्न।
यसअघि गण्डकी मेडिकल कलेज माथि कारबाही अगाडि बढाउन विधार्थी संगठनहरुले ७२ घण्टे अल्टिमेटम दिएका थिए।
अनेरास्ववियुका अध्यक्ष नवीना लामा र अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रन्जित तामाङद्वारा जारी विज्ञप्तिमा सञ्चालक खुमा अर्याललाई तुरुन्तै गिरफ्तार गर्नुपर्ने, विद्यार्थीहरुबाट जबरजस्ती उठाइएको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने जस्ता मागहरु राखिएको थियो । साथै यस्ता कलेजहरुलाई ‘मेडिकल एजुकेसन’का लागि अयोग्य ठहर गर्न पनि सरकारको ध्यानाकर्षण गरिएको थियो ।
तालाबन्दीका बारेमा कुरा गर्दै अखिल (क्रान्तिकारी)का अध्यक्ष रन्जित तामाङले डेढ महिनासम्म कलेज बन्द हुँदा पनि विश्वविद्यालयले कानमा तेल हालेर बसेकाले यो कदम चाल्नु परेको बताउनुभएकाे छ ।