69th Founding Day of China Observed in Nepal
 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता क. नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ परियोजना साम्राज्यवादीहरुका लागि विशाल धक्का भएको बताउनु भएको छ ।

सोमबार संवाद डबलीमा ‘लेफ्ट रिभ्यु अनलाइन’ ले जनवादी गणतन्त्र चीनको ६९ औं स्थापना दिवसको अवसरमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै श्रेष्ठले बेल्ट रोड परियोजनामा बिस्तारमा नेपालको पनि सहयोग रहने बताउनु भयो ।

पूर्व उपप्रधानमन्त्री तथा प्ररराष्ट्रमन्त्री समेत रहनु भएका प्रवक्ता श्रेष्ठले नेपाल–चीनको सम्बन्ध सदियौंदेखि एक असल र सफल मित्रता कायम रहदै आएको भन्दै भविष्यमा पनि निरन्तरता पाउनेमा विश्वास व्यक्त गर्नुभयो । पाँच ओटा आयामले नेपाल–चीन सम्बन्ध रहेको बताउँदै श्रेष्ठले भन्नु भयो, “चिनियाँ सरकार नेपालमाथि अहस्तक्षेपकारी नीतिमा अडिग रह्यो, असल छिमोकीको व्यवहार, चीनको भौगोलिक तथा भू–राजनीतिक अवस्थाअनुसार नेपाललाई स्वाभिमानी बन्न सहयोग, विगतदेखि एक धु्रबीय साम्राज्यवादी धार विरुद्ध बलियो शक्तिका रुपमा खडा हुनु तथा विश्व राजनीतिक अवस्थामा एक फरक पहिचान स्थापित गर्न चीन सफल भएको छ ।” उहाँले चीनले माक्र्सवादी, लेनिनवादी र मालेमावादी विचार र आदर्शले विश्वलाई नेतृत्व गर्न सक्छ भन्ने सम्भावनालाई मुर्तता दिएको बताउनु भयो ।

Narayan Kaji Shrestha 'Prakash'
शुभकामना मन्तव्य दिनुहुँदै प्रमुख अतिथि तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता क. नारायणकाजी श्रेष्ठ ‘प्रकाश’

हालसालैको आफ्नो जनवादी गणतन्त्र चीनको भ्रमणबारे जानकारी गराउँदै उहाँले सो भ्रमण निकै सफल रहेको बताउनु भयो । आफूले चिनियाँ कम्युनिस्ट पार्टीको सक्षमताको मुल आधार नै राज्य सञ्चालनका सम्पूर्ण अवयवहरुमा कम्युनिस्ट पार्टीलाई केन्द्र बनाउनु र पार्टीलाई मालेमावादी विचार तथा आदर्शले सशक्त बनाउनु भएको बताउँदै श्रेष्ठले नेपाली कम्युनिस्टहरुको त्यसप्रति कुनै चासो नरहनु चिन्ताको विषय भएको बताउनु भयो ।

सामाजिक–सांस्कृतिक विकास तथा भ्रष्टाचार नियन्त्रणमा चीनले चालेको पछिल्लो कदम नेपालका निम्ति पनि अनुकरणीय भएको तर आफ्नो पार्टी नेतृत्वको सरकार उदासीन देखिएको बताउँदै भन्नुभयो, “हाम्रो नेपालमा आफ्नो वरिपरिको भ्रष्टाचारी बाहेक सबैलाई साफ पारिन्छ भन्ने तरिकाले कसरी भ्रष्टाचार उम्मूलन हुन्छ ?”

त्यसैगरी कार्यक्रममा साम्रज्यवाद विरोधी मोर्चा, नेपालका संयोजक क. नरेन्द्रजंग पिटरले उत्तरमा हिमालय हुनुको बाबजुद पनि नेपाल–चीनको सम्बन्ध प्रगाढ रहेको धारणा व्यक्त गर्नुभयो । काव्यात्मक रुपमा प्रस्तुत हुनुभएका सुपरिचित नेपाली लेखक तथा राजनीतिक विश्लेषक क.  पिटरले चिनियाँ क्रान्तिको अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनमा ठूलो भूमिका रहेको र साम्राज्यवादीहरुको एक ध्रुबीय विश्व बनाउने सपना चकनाचुर पार्ने चिनियाँ कदम र सक्षमतालाई सलाम गर्नुपर्ने बताउनु भयो ।

रुसी महासंका लागि पूर्व नेपाली राजदुत क. हिरण्यलाल श्रेष्ठले माओले नयाँ जनवादी गणतन्त्र चीनको स्थापना नगरेको भए नेपाल मात्र नभएर एसियाको राजनीतिक व्यवस्थामाथि साम्राज्यवादीको पञ्जामा जाने पक्का रहेको बताउनु भयो । नेपाल चीन सम्बन्धका विषयमा ‘सिक्स्टी इयर्स अफ डाइनामिक पार्टनरशीप’ पुस्तकका लेखक समेत रहनु भएका श्रेष्ठले पश्चिमाहरुले स्वतन्त्र तिब्बतका लागि नेपाली भूमिको प्रयोग गराउने प्रयास गरिरहेको र त्यसलाई कडा प्रतिवाद गर्नुपर्ने बताउनु भयो । पश्चिमा देशहरुले चीनको सफलतालाई अनेक तवरले विफल गर्न खोजिरहेको र त्यो उनीहरुको दिवासपना मात्र रहेको बताउँदै भन्नुभयो, “अबको दशकमा चीन शक्ति राष्ट्र हो, कोही कसैले उसको शक्तिलाई रोक्न सक्ने छैन ।”

त्यसैगरी राष्ट्रिय किसान आयोगका अध्यक्ष तथा वरिष्ठ किसान नेता क. चित्रबहादुर श्रेष्ठले नेपाली क्रान्तिले पनि जनवादी गणतन्त्र चिनियाँ मोडललाई अंगिकार गरेर नेपालमा धेरै परिवर्तन गर्न सफल भएको र आगामी दिनमा पनि चिनियाँ क्रान्तिको मोडलबाट धेरै कुरा सिक्न सकिने धारण व्यक्त गर्नुभयो । केही वर्ष पहिले जनवादी गणतन्त्र चीन भ्रमण गर्दाको अनुभव सुनाउँदै उहाँले अध्यक्ष माओको समाधिमा हेरिरहँदा अध्यक्ष माओ कतै जुरुक्क उठि पो हाल्नुहुन्छ कि भनेझैँ भएको र आफू महान् नेता माओप्रतिको श्रद्धाले भावविभोर बनेको बताउनु भयो ।

रक्तिम जनसांस्कृतिक अभियानका संयोजक तथा वरिष्ठ संस्कृतिकर्मी क. जीवन शर्माले कार्यक्रममा नयाँ चीन स्थापना दिवसको उपलक्ष्यमा शुभकामना दिँदै लुशुनले रचना गरेको कवितालाई अनुवाद गरी जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेको समयमा उहाँकै घरमा गाएको जनवादी गीत गाउनु भयो ।

जनवादी गणतन्त्र दिवसको ६९ औँ स्थापना दिवसको उपलक्ष्यमा आयोजित शुभकामना कार्यक्रमकाे आयोजक लेफ्ट रिभ्यु अनलाइनका सम्पादक तथा निर्देशक नहेन्द्र खड्काले कार्यक्रममा सहभागी सबैलाई स्वागत गर्दै जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिन फिङ, चिनियाँ सरकार, चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ जनतालाई जनवादी गणतन्त्र चीनको ६९औँ स्थापना दिवसको उपलक्ष्यमा लेफ्ट रिभ्यु अनलाइन र नेपाली जनताको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्नु भयो । उहाँले लेफ्ट रिभ्यु अनलाइन र ग्लोबल टाइम्सबीचको सहकार्यको लिखित सम्झौता भएको कुरा सहभागीहरुलाई जानकारी गराउँदै ग्लोबल टाइम्सले टाइम्सले कार्यक्रम सफलताका लागि चीनबाट पठाएको सन्देश पढेर सुनाउनु भयो ।

सो कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु, साहित्य तथा संस्कृतिकर्मीहरु, साम्राज्यवाद विरोधी अभियन्ताहरु, बुद्धिजीवीहरु, नेपाली तथा चिनियाँ सञ्चारकर्मीहरु, किसान तथा किसान नेताहरु र विभिन्न प्रबुद्ध व्यक्तिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका केही झलकहरूः

Nahendra Khadka, Editor and Director of Left Review Online
कार्यक्रमकाे अध्यक्षता गर्दै लेफ्ट रिभ्यु अनलाइनका सम्पादक तथा निर्देशक नहेन्द्र खड्का
Participants of the 69th Founding Day of PR China Program
जनवादी गणतन्त्र चीनकाे ६९अाैँ स्थापना दिवसकाे उपलक्ष्यमा अायोजित शुभकामना अादान प्रदान कार्यक्रमका सहभागीहरू
Narendra Jung Peter, Convenor of Anti-Imperialist Forum, Nepal
मन्तव्य दिनुहुदै साम्राज्यवाद विराेधी माेर्चा, नेपालका संयोजक क. नरेन्द्रजंग पिटर
Jeevan Sharma, Convenor of Raktim Cultural Movement
मन्तव्य दिनुहुँदै रक्तिम सांस्कृतिक अभियानका संयाेजक तथा वरिष्ठ संगीतकर्मी क. जीवन शर्मा
Jeevan Sharma, Singing a Song written by Lu-Shun
लुशुनद्वारा रचित कवितालाई गीतकाे रूपमा गाउँदै क. जीवन शर्मा, भिडियो लिनुहुँदै सिआरआई नेपाली सेवाका प्रमुख वर्षा
Hirnaya Lal Shrestha, former Ambassador of Nepal to Russian Federation
शुभकामना मन्तव्य राख्दै रूसी महासंघका लागि पूर्व नेपाली राजदूत क. हिरण्यलाल श्रेष्ठ
Comrade Prakash
कार्यक्रमका क्रममा टिपाेट गर्नुहुँदै नेकपाका प्रवक्ता क. प्रकाश
Chitra Bahadur Shrestha, Chairperson of National Farmers' Commission
शुभकामना मन्तव्य दिनुहुँदै राष्ट्रिय किसान आयोगका अध्यक्ष तथा वरिष्ठ किसान नेता क. चित्रबहादुर श्रेष्ठ
Narayan Kaji Shrestha, Speaker and Standing Committee Member of Communist Party of Nepal (NCP)
प्रमुख अतिथिको रूपमा कार्यक्रमलाई संबोधन गर्नुहुँदै नेकपाका प्रवक्ता तथा पूर्व उपप्रधान एवम् परराष्ट्रमन्त्री क. नारायणकाजी श्रेष्ठ ‘प्रकाश’
Participants of 69th Founding Day of China Program at Kathmandu
कार्यक्रममा उपस्थित सहभागीहरू तथा नेपाल-चीन सम्बन्धका शुभेच्छुकहरू
Participants of the 69th Founding Day of People's Republic of China, Exchange of Good Wishes Program at Kathmandu, Nepal Organized by Left Review Online
शुभकामना आदान प्रदान कार्यक्रममा उपस्थित प्रबुद्ध समुदाय