PM KP Sharma Oli Discharged from the hospital
 

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद  शर्मा ओली स्वास्थ्य लाभ गरी अस्पतालबाट आज साँझ सरकारी निवास बालुवाटार फर्कनु भएको छ ।कात्तिक १२ गते वहाँको स्वास्थ्यमा समस्या आएपछि त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोलोजी भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । प्रधानमन्त्री ओलीलाई छातिमा संक्रमण तथा शरिरमा चिनीको मात्रा असन्तुलित देखिएपछि अस्पताल भर्ना गरिएको थियो । प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकहरुले स्वास्थ्यमा पूर्ण सुधार भएपछि निवास फर्कन अनुमति दिएका थिए ।

प्रधानमन्त्री ओलीलाई प्रा. डा. अरुण सायमीको संयोजकत्त्वमा प्रा. डा. दिव्या सिंह शाह र डा. सन्त कुमार दास सम्मिलित समुहले उपचार गरेको थियो ।

प्रधानमन्त्री ओलीले उपचारमा संलग्न चिकित्सकहरुप्रति विषेश आभार प्रकट गर्नुभएको छ । यसैगरी प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने पार्टी नेता, कार्यकर्ता, कर्मचारी, सुरक्षा निकाय, शुभचिन्तक सबैलाई धन्यवाद दिनुभएको छ ।