Party joining by NC and RPP cadres and welcome by Chairman Prachanda
 

काठमाडौं । राप्रपा र कांग्रेसका दर्जनौं नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

आज बिहान भरतपुर महानगरपालिका वडा नं. २१ मा अध्यक्ष प्रचण्डले उहाँहरुलाई माला र खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो ।

प्रवेशका क्रममा अध्यक्ष प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी नै देश विकासको लक्ष्य लिएको एक मात्र पार्टी भएको बताउनुभयो ।

नेकपामा प्रवेश गर्दै नवप्रवेशीहरुले देशको मुहार फेर्ने पार्टी नेकपा भएकाले आफूहरु यो पार्टीमा प्रवेश गरेकाे बताए ।