काठमाडौँ । किराँत समुदायकाे प्रमुख पर्व उधाैली र ज्यापू समुदायकाे पर्व याेमरी पुन्हिको उपलक्ष्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुबै पर्वकाे अवसरमा शुभकामना वक्तव्य जारी गर्दै साँस्कृतिक पर्वहरूले मुलुककाे समृद्धिमा भुमिका खेल्ने बताउनु भएको छ ।
शुभकामना सन्देशः
किराँत समुदायको पर्व उधौली तथा ज्यापू समुदायले मनाउने योमरी पुन्हि (ज्यापु दिवस)का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली किराँत र ज्यापू समुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश भएकाले विभिन्न समुदायले मनाउने चाड पर्वले आपसी सद्भाव र सहिष्णुताको भावना विकास गरेको छ । विभिन्न सुमदायहरुको यस्ता सांस्कृतिक पर्वहरुले सम्पूर्ण नेपालीहरुलाई एउटै राष्ट्रिय एकतामा एकताबद्ध गर्न सकेको हो ।
नेपालका विभिन्न समुदायहरुले मनाउने सांस्कृतिक पर्वहरु हाम्रा पहिचान हुन् । मुलुकको समृद्धिमा यस्ता अमूल्य संस्कृतिहरुको ठूलो भूमिका रहन्छ ।
सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र सहिष्णुताको संरक्षण एवं प्रवर्द्धन गर्न यी पर्वहरुले अझ मद्दत मिलोस् भन्दै किरात र ज्यापु समुदायमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
पुष्पकमल दाहाल ‘ प्रचण्ड’
अध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)