माओवाद के हो? नेकपा (माओवादी केन्द्र) का अध्यक्ष क. प्रचण्ड, What is Maoism? Comrade Prachanda,
 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघे संक्रान्तिको शुभकामना व्यक्त गर्नुभएको छ ।

आज थारु, मगर लगायत आम नेपालीहरुले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा एक शुभकामना सन्देश मार्फत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले, “यस पर्वले सम्पूर्ण नेपालीहरूको बीचमा राष्ट्रिय एकता र सद्भाव अभिवृद्धि गर्ने अपेक्षा गर्दै सबै नेपालीलाई मुलूकको समृद्धि, विकास र निर्माणमा एकतावद्ध हुन प्रेरणा मिलोस् भन्ने कामना गर्दछु”,  भन्नुभएको छ ।

Chairman Prachanda's Shubhakamana Maghi, Maghe Sankaranti, Makar Sankranti.