Pushpa Kamal Dahal Prachanda
 

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले भेनेजुएलाको राजनीतिक संकटबारे प्रचण्ड अडिग रहेको जनाएको छ ।

शुक्रबार विभिन्न सञ्चार माध्यमहरुले अध्यक्ष क. प्रचण्ड ‘भेनेजुएलाबारे आफ्नो अडानबाट पछि हटेको’ र ‘आफूलाई फसाइएको भन्ने धारणा राखेको’ जस्ता कपोलकल्पित र भ्रामक समाचारहरू प्रकाशित र प्रसारित भएपछि अध्यक्ष प्रचण्डको सचिवालयले प्रेस नोट जारी गरेर ती समाचारहरुको खण्डन गर्दै, ‘सरकार र अध्यक्ष प्रचण्डले जारी गरेको विज्ञप्ति नै आधिकारिक भएको’ धारणा सार्वजनिक गरेको हो ।

अध्यक्ष प्रचण्डको आधिकारिक फेसबुक पेजमार्फत् सचिवालयले, ‘केही सञ्चार माध्यमहरुले विषयलाई अतिरञ्जित ढंगले तोडमरोड गरी भ्रम श्रृजना गर्न खोजेकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता भ्रामक र कपोलकल्पित समाचारको पछि नलाग्न सबैमा आग्रह गर्दछौं,’ भनेको छ ।

अध्यक्ष प्रचण्डको सचिवालयबाट जारी गरिएको प्रेस नोटः 

भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण
***************************************
भेनेजुयलाको राजनीतिक संकटको बिषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष र नेपाल सरकारद्वारा जारी वक्तव्य नै आधिकारिक भएको स्पष्ट गर्न चाहन्छौं ।

केही सञ्चार माध्यमहरुले विषयलाई अतिरञ्जित ढंगले तोडमरोड गरी भ्रम श्रृजना गर्न खोजेको प्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता भ्रामक र कपोलकल्पित समाचारको पछि नलाग्न सबैमा आग्रह गर्दछौं ।

– अध्यक्ष प्रचण्डको निजी सचिवालय

Press note from the secretariat of the Chairman Prachanda