Pushpa Kama Dahal PRachanda, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
 

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले कृषिमा आधुनिकीकरणबाट मात्रै देश समृद्ध हुने बताउनुभएको छ ।

भक्तपुरको गठ्ठाघरमा शनिवार आयोजित भक्तपुर तरकारी तथा फलफूल बजारको उद्घाटन गर्दै उहाँले कृषि र शिक्षामा नाम मात्रको बजेट भएको र आत्मनिर्भर अर्थतन्त्रका लागि शिक्षा र कृषिमा बजेट बढाउनुपर्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयोे –  ‘कृषि र शिक्षामा नाम मात्रैको बजेट छ । त्यो बजेट कता जान्छ कता ? खाडी मुलुक गएर नेपालीहरूले धेरै दुःख गरेका छन् । बाहिर गएर गर्ने धेरै दुःखको केही प्रतिशत दुःख आफ्नै माटोमा टेकेर यहाँ विविधता ल्याउन जाँगर देखाउने हो भने केही वर्षमा यो देश आत्मनिर्भर हुन्छ,’ अध्यक्षले भन्नुभयो –  ‘सोच परिवर्तन गरौं ।’

‘ठूला कुरा त हामीले गर्दै आएको हो । सानो कुरा के हो भने उत्पादन वृद्धि गर्न विज्ञान प्रविधिको प्रयोग गर्नुपर्छ,’ –  उहाँले भन्नुभयो । शिक्षा, विज्ञान र प्रविधिलाई सदुपयोग गरेर उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न राज्यले नेतृत्व लिनुपर्ने उहाँले बताउनुभयो ।

Chairman Prachanda, Oushpa kamal dahal

देशको समृद्धिको नेतृत्व राज्यले लिनुपर्ने भन्दै अध्यक्ष प्रचण्डले जनतालाई दोष दिएर नहुने धारणा राख्नुभयो । उत्पादन बढाउन रसायनिक मल र विषादी प्रयोग गरेर स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारिएको भन्दै अध्यक्ष प्रचण्डले अर्गानिक खेती गर्न किसानलाई आग्रह गर्नुभयो ।

Pushpa kamal dahal Prachanda, Chakra pani khanal baldev

कृषि र शिक्षा क्षेत्रमा राज्यले अनुदान दिनुपर्ने भए पनि ध्यान नपुगेको बताउनुहुँदै उहाँले भन्नुभयो, ‘कृषि र शिक्षामा अनुदान बढाउनुपर्छ। भारतले पनि पछिल्लो समय अनुदान बढाएर राम्रो गरेको छ ।’