क. प्रचण्ड, Pushpa Kamal Dahal 'Prachanda', Chairman, Nepal Communist Party
 

काठमाडौं, जीवन र मृत्युबिच अन्तिम संघर्ष गरिरहेका नेकपाका नेता भरतमोहन अधिकारीले पार्टी, देश, समाज र समृद्धिका लागि मिलेर अघि जान नेताहरुलाई सन्देश दिनुभएको छ । ह्याम्स अस्पतालमा उपचाररत नेता अधिकारीले भेन्टिलेटरमा राख्नुअघि आफ्नो अन्तिम सन्देश सुनाएको नेकपाका अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो ।

शनिबार साँझ नेता अधिकारीलाई भेटेर बाहिरिदै गर्दा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले नेता अधिकारीमा मिराकल भएर फेरी विभिन्न अगंले काम गरेर निको हुन सक्ने आशा व्यक्त गर्नुभयो । थलिएका नेता अधिकारीका मुख्य अंगहरुले काम गर्न छोडेको कुरा आफुलाई चिकित्सकहरुले बताएको जानकारी दिदै अध्यक्षले आफुहरु अझैपनि आशावादी रहेको बताउनुभयो ।

प्रचण्डले पूर्व उपप्रधानमन्त्री तथा नेकपाका नेता अधिकारीको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताउनुभयो । यसअघि उपचारमा संलग्न चिकित्सकहरुले अधिकारीलाई बचाउन नसकिने भन्दै पत्रकार सम्मेलन गरेका थिए । त्यस लगतै अस्पतालमा नेता कार्यकर्ता शुभेच्छुक एवं आफन्तजनको भिड लागेको छ । अधिकारीको श्वासप्रश्वास रोकिएपछि उनलाई कृतिम श्वासप्रश्वास दिएर भेन्टिलेटरमा राखिएको छ ।