ओली, ओलीजी, खड्ग ओली, खड्गप्रसाद, ex PM kp sharma oli, ex prime minister, khadga, केपी ओली,
 

काठमाडौ, शुक्रवार काठमाडौमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले असाधारण निर्णय क्षमता देखाएको भन्दै अध्यक्ष प्रचण्डकाे प्रशंसा गर्नुभएको छ ।

सिके राउतसँग सरकारले गरेकाे ११ बुुँदे सहमति सार्वजनिक कार्यक्रमलाइ सम्वाेधनका क्रममा उहाँले यस्तो असाधारण निर्णय क्षमता यसअघि कसैसँग नदेखेको बताउनुभयो ।

अध्यक्ष  प्रचण्डले हतियारको राजनीतिबाट चुनावमा सहभागी भएर संविधान बनाउने कामको एक ढंगले अगुवाइ गरी त्यसपछि एमाले र माओवादीबीच एकता गर्नु ठूलो निर्णय क्षमता भएको भन्दै प्रधानमन्त्रीले जो सुकैले, सानो हिम्मतकोले सक्दैन भन्दै अध्यक्ष प्रचण्डको प्रशंसा गर्नुभएको थियो ।

अध्यक्ष प्रचण्डको जस्तै  असाधारण निर्णय क्षमता सीके राउतजीमा देखेकाे उहाँकाे कथन थियाे। सरकारसँग ११ बुँदे सहमति गरेर राउतले असाधारण निर्णय क्षमता देखाएको भन्दै प्रधानमन्त्रीले  राउतकाे पनि प्रशंसा गर्नुभएको थियो ।

सीके राउत पढेलेखेको विद्वान र वैज्ञानिक रहेको भन्दै ओलीले कता कता बाटो बिराउँदा बिराउँदै बिग्रने हो कि भन्ने डर आफूलाई रहेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो – ‘तर खुशी लाग्यो । ‘टेक्नोक्र्याट’ मात्र होइन ‘थिंकर’ पनि हो सीके राउत ।’