काठमाडाैं,  प्रलेसको ११औं राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा विप्लव नेतृत्वको नेकपासम्बद्ध लेखक–साहित्यकारहरुले राजीनामा  दिएका छन् ।

बुधबार एक प्रेस बिज्ञप्ति जारी गर्दै बिप्लव सम्बद्ध अखिल नेपाल जनसाँस्कृतिक महासंघले भनेकाे छ – ‘कार्यनीतिक लचकताकाे नाममा रणनीतीकाे बलिदान गर्नु सही हाेइन ।’

अध्यक्ष माइला लामाद्धारा हस्ताक्षरित बिज्ञप्तिमा  नेपाली राजनीतिमा आएकाे पछिल्लाे बस्तुगत  बदलावसँगै सैदान्तिक र व्यावहारिक रुपले नै प्रलेसकाे सहकार्यलाइ निरन्तरता दिन असहज र अनुपयुक्त हुने हुनाले राजीनामा दिनुपरेकाे बताइएकाे छ ।

प्रलेससँग केही दिन अघि वैद्य माओवादी, मसाल र अरु ‘वाम’ निकट ३८ लेखक–साहित्यकारहरुले पनि संस्थासँग सम्बन्ध–विच्छेदको घोषणा गरेका थिए । लगत्तै अध्यक्ष मातृका पाेख्रेल र महासचिव आरएम डंगाेलले पनि प्रेस विज्ञप्ति जारी गर्दै आराेपहरुकाे खण्डन गरेका थिए ।