काठमाडौं : फिनल्याणडको कम्युनिष्ट पार्टी – कम्युनिस्ट लिग अफ फिनल्यान्ड – ले नेपाल कम्युनिस्ट पार्टी (विप्लव नेतृत्त्वको नेकपा) का नेता र कार्यकर्ताको गिरफ्तारीको विरोध गर्नुका साथै तुरुन्त रिहाईको माग गरेको छ ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष कालेवी वार्मान र परराष्ट्र मामिला सचिव जुहा केक्सीले संयुक्त हस्ताक्षरसहित वक्तव्य जारी गर्दै सो कुरा बताएको हो ।
वक्तव्यमा भनिएको छ, “नेकपाका कार्यकर्तालाई गिरफ्तार गर्नुको कुनै कानूनी आधार छैन । यसरी प्रतिबन्ध लगाउनु समाजवाद र मानवअधिकारको कानुनी र संवेदनशील उल्लघंन हो ।”
फिनल्यान्ड कम्युनिस्ट लिगले वक्तव्य मार्फत नेपाल कम्युनिस्ट पार्टीका गिरफ्तार गरिएका सदस्यहरू को रिहाई गर्न र उनीहरुमाथि मुद्धा नचलाउन माग गरेको छ ।
यसअघि नेकापामाथि लगाएको प्रतिबन्ध हटाउन र कार्यकर्तामाथिको धरपकड बन्द गर्न माग गर्दै अस्ट्रेलियाको कम्युनिस्ट पार्टीले वक्तव्य जारी गरेको थियो ।
यस्तो छ विज्ञप्तिः