Karl Marx
 

काठमाडौँ । कार्ल मार्क्स द्विशताब्दि मूल समारोह समितिको आयोजनामा यही वैशाख २२ गते कार्ल मार्क्सकाे २०१ औं जन्म जयन्ती भव्य रुपमा मनाइने भएको छ ।

राजधानीकाे कमलादी स्थित प्रज्ञा भवनमा दिनको ठिक २ बजे उक्त समारोहको आयोजना गर्न लागिएको हो । उक्त कार्यक्रमको लागि डा. विजय पौडेलको अध्यक्षतामा ५१ सदस्यीय प्रचारप्रसार  समिति शनिबार गठन भएको छ ।

उक्त समितिले सबै कार्ल मार्क्सप्रति आस्था राख्ने पेशाकर्मी, संचारकर्मी लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई उपस्थितिको लागि आग्रह गरेको छ । दुई शताब्दिकै महान दार्शनिक एवम् अर्थशास्त्रि कार्ल मार्क्सको २०१ औं जयन्तीको अवसरमा आयोजित कार्यक्रममा उपस्थित हुन समितिले सबैमा अपील गरेको छ ।

सन् १८१८ मे ५ मा जर्मनीमा जन्मिएका कार्ल मार्क्सको निधन सन् १८८३ मार्च १४ मा बेलायतको लन्डनमा  भएको थियो ।