Netra Bikram Chanda Biplab
 

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वर्तमान सरकारले नेपाली जनता र राष्ट्रको मुक्तिका लागि सङ्घर्ष र आन्दोलनमा उत्रिएका पार्टी र जनतामाथि गरेको चरम दमनका विरुद्ध आपत्ति जनाएको छ।

कम्युनिष्टको नाममा ओली सरकारले निशस्त्र व्यक्तिमाथि गोली प्रहार गरी हत्या गर्नेसम्मका गतिविधि गरेर आफ्नो फासिवादी चरित्रलाई उदाङ्गो बनाएको विप्लव समूहले हिजो (१३ गते) साँझ जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ।

सरकारका त्यस्ता फाँसिवादी चरित्रको विरोध गर्नु क्रान्तिकारी पार्टीको कर्तव्य भएकोले आज पार्टीले आम हड्तालको आयोजना गरेको र सो आम हड्ताल सफल भएको विप्लव समूहले जनाएको छ। उसले विज्ञप्ति जारी गर्दै आम हड्ताल सफल पार्न सहयोग पुर्याउने सबै पक्षलाई धन्यवाद दिएको छ। यसका साथै उसले राज्यआतंक, जनदमन र राष्ट्रघातका विरुद्ध सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु, देशभक्त र लोकतान्त्रिक शक्तिहरुलाई एकताबद्ध भएर सङ्घर्षमा अघि बढ्न समेत आह्वान गरेको छ।

CPN NCP Biplab Maoist Prelease