काठमाडौँ । नेपालमा मात्र नभई भारत प्रवासमा समेत विभिन्न पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने क्रम बढेको छ । यसै क्रममा भारत प्रवासका नेकपा (मसाल)का जिम्मेवार नेताहरू आफ्नो पार्टी परित्याग गरी नेकपा प्रवेश गरेका छन् ।
यहि जुलाई असार २० गते (जुलाई ०४ तारिख) नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट प्रवासी नेपालीहरूको संगठन अखिल भारत नेपाली एकता मञ्च महाराष्ट्र राज्य समिति अन्तर्गत पर्ने पिप्री, चिचवन, पुणे नगर समितिको संयुक्त आयोजनामा एक भेला एवम् प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सोही भेला तथा प्रशिक्षण कार्यक्रममा नेकपा (मसाल) निकट मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पुणे नगर समितिका उपाध्यक्ष क. विक्रम सिंह र क. विमला सिंह लगायतका नेता तथा कार्यकर्ताहरू पार्टी परित्याग गर्दै नेकपा प्रवेश गर्नु भएको हो ।
नगर सहसचिव पारस रावतले सञ्चालन गरेको सो कार्यक्रमको अध्यक्षता खम्म परियारले गरेका थिए । कार्यक्रमको प्रमुख अथिति अ. भा. ने. ए. मंचका केन्द्रीय सचिव शुरेन्द्र देवकर, विशिष्ट अथिति केन्द्रीय सचिव मोहनसिंह देवकर, अथितिमा केन्द्रीय सहकाेषाध्यक्ष एस.पी. महत, केन्द्रीय सचिवालय सदस्य घनश्याम स्वार, महाराष्ट्र-गोवा राज्य समिति सदस्यहरू चन्द्रमान भुल, खडक परियार, तपेन्द्र ताम्राकार, विद्यार्थी मञ्चका अधक्ष्य अर्जुन जैगडी, महिला मण्डलका लालमति परियार, चाकण नगर समिति अध्यक्ष सुरेश वि.क. रहेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य नगर समितिका उपाध्यक्ष धर्मराज काफ्लेले राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरुलाई अविर र ब्याच लगाई नगर समितिका सदस्य नयन सिंहले स्वागत गरेका थिए । नगर समितिका सम्पूर्ण सदस्यहरूको उपस्थितिमा कार्यक्रम भव्य र सानदार रूपले सम्पन्न भएको मञ्चले जानकारी गराएको छ ।
मसाल पार्टी परित्याग गरी नेकपा प्रवेश गर्ने नवप्रवेशीलाई प्रमुख अतिथि केन्द्रीय सचिव सुरेन्द्र देवकर र विशिष्ट अतिथि माेहन देवकरले अविर लगाई स्वागत गरेका थिए ।