saroj ghimire chitwan
 

काठमाडौं । शालिकराम पुडासैनी आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा हिरासतमा परेका रवि लामिछानेको रक्षार्थ गठन गरिएको ‘रवि लामिछाने बचाउ अभियान’का अध्यक्षले राजीनामा दिएका छन् ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछाने पक्राउको विरोधमा चितवनमा भइरहेको प्रदर्शन बढी नै उच्छृङ्खल भएको र त्यसले घटनाको छानविनमा समेत असर परेको भन्दै बचाउ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले सो अभियानको अध्यक्षबाट राजीनामा दिएका हुन् ।

अध्यक्ष घिमिरेले आज एक विज्ञप्ति जारी गर्दै रवि लामिछाने बचाउ अभियानको अध्यक्ष पदबाट राजिनमा दिएको जानकारी दिएका हुन् । उनले विज्ञप्ति मार्फत् पछिल्लो समय प्रदर्शन बढी नै अनियन्त्रित र उच्छृङ्खल भएको र त्यसको फाइदा बाहिरी तत्त्वले उठाउन खोजेकोले बचाउ अभियान समिति गठन गर्नुको कुनै औचित्य नभएको बताएका छन् ।

पत्रकार पुडासैनीले आत्महत्या गर्नु अघि स्वयंले रेकर्ड गरेको सुसाइड भिडियोमा रवि लामिछानेसहित तीन जनाको नाम जोडिएको थियो । त्यही भिडियोको आधारमा आत्महत्या दुरूत्साहनको अभियोगमा प्रहरीले गत बिहीबार तीनै जनालााई पक्राउ गरेको थियो ।

हेर्नुहोस् विज्ञप्तिः

Suraj chimire resignation chairman rabi lamichhane bachau abhiyan