रवि लामिछाने, Rabi Lamichhane
 

चितवन । माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछाने सहित तीनै जनालाई चितवन जिल्ला अदालतले पुनः पाँच दिनको म्याद थप गरेको छ ।

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई अदालतले म्याद थप गरेको हो । उनीहरुलाई जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजालासले म्याद थप गरेको अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले बताए ।

सरकारी वकिल यदुनाथ शर्माले अनुसन्धानका लागि १० दिनको म्याद थपको माग गर्नुभएको भए पनि अदालतले पाँच दिनको मात्र म्याद दिएको हो ।