काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद हितबहादुर तामाङ ले चितवनको सडकमा गैरसंवैधानिक खालको नारा लागिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्यापछि प्रहरीले आत्महत्यालाई दुरुत्साहन अभियोगमा टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेपछि त्यसको विरोधमा चितवनमा नाराबाजीसहितको विरोध भइरहेको छ ।
मंगलबार संसदको बैठकमा उनले चितवनका सडकमा भइरहेका गतिविधिले अनुसन्धान प्रभावित पार्न सक्ने सांसदहरूले बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद शान्ता चौधरीले रवि लामिछानेको पक्राउ पछि चितवनमा भएको प्रदर्शनले अनुसन्धानमा नै प्रभाव पार्न सक्ने बताएकी छिन् ।
‘को दोषी को निर्दोष भन्ने सवाल चलिरहेको बेला अनुसन्धान प्रभावित बनाउन खोज्ने प्रवृत्ति सही मान्न सकिँदैन, ‘यस्तो बेलामा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ ।’ उनले भनिन् ।
सांसद चौधरीले चितवनका सडकमा गैरसंवैधानिक नारा सुनिन थालेको बताइन्, ‘अहिले चितवनका सडकमा प्रदर्शनका क्रममा गैरसंवैधानिक खालको नारा लाग्न थालेको पनि सुन्न आएको छ । त्यसलाई तुरुन्त नियन्त्रण गर्न नेपाल सरकार लागी परोस्’ उनले भने, ‘राज्यले कुनै पक्षबाट पनि प्रभावित नभई निष्पक्ष रूपमा छानबिन गर्नुपर्छ ।’