सभामुख कृष्णबहादुर महरा, Krishna Bahadur Mahara Amarsingh,
 

काठमाडाैँ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले उपसभामुख डा.शिबमाया तुम्बाहाङफे समक्ष राजीनामा दिनु भएको छ ।

राजीनामा पत्रमा सभामुख महराले ‘हिजोदेखि विभिन्न संचार माध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजैका मितिदेखि छानबिन नसकिँदासम्मका लागि राजीनामा दिएको छु’, भनी उल्लेख गर्नुभएको छ ।

सभामुख महरालाई संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले बलात्कार गरेको आरोप लगाएको खबर सार्वजनिक भएको थियो ।

आरोप लागे लगत्तै नेकपाको सचिवालय बैठक समेत बसेको थियो भने बैठकले सभामुख महरालाई राजीनामा दिन सुझाएको थियो ।

resignation of Speaker Krishna Bahadur mahara