पिपलको ठूलो रुखले आफ्ना पातहरु बजाइरहेको छ । बजिरहेका पातहरुमाथि निलो आकाश छ र आकाशको गहिराइबाट चहकिलो सूर्यले आँखा तिरिमिरी हुने गरी प्रकाश खन्याइरहेको छ। सहरदेखि टाढा गाउँको चौतारी हो यो । छेवैको बारीमा गहुँ मन खोलेर पसाउन सकेको छैन, यो हिउँदको खडेरीले गहुँबाली प्रभावित भएको छ ।...बाँकी