पिपलको ठूलो रुखले आफ्ना पातहरु बजाइरहेको छ । बजिरहेका पातहरुमाथि निलो आकाश छ र आकाशको गहिराइबाट चहकिलो सूर्यले आँखा तिरिमिरी हुने गरी प्रकाश खन्याइरहेको छ। सहरदेखि टाढा गाउँको चौतारी हो यो । छेवैको बारीमा गहुँ मन खोलेर पसाउन सकेको छैन, यो हिउँदको खडेरीले गहुँबाली प्रभावित भएको छ ।...बाँकी
कोप्रेखोलाबाट उकालो लागेपछि ढाडगाउँ आउँछ । हामी त्यहाँ पुग्दा रात परिसकेको थियो । यामबहादुर कमरेडकी छोरीले रोटी र तरकारी पकाएकी थिइन् । बिहान उठेर भाडे जाने तयारी गर्यौँ । हावामा चिसो करेन्ट बगिरहेको थियो । गाउँ सुनसान छ । मात्र लोहोरे खोला सुसाएको सुनिन्छ । उत्तिसघारीको बिचमा अजङ्गका...बाँकी