काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका मध्य कमाण्ड पार्टी सचिव तथा रौतहट जिल्ला इन्चार्ज शंकर अधिकारीले आत्मसमर्पण गरेका छन्। जिल्ला इन्चार्ज अधिकारीसहित तीनजनाले आत्मसमर्पण गरेका हुन्।
मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुर्दशन’सँगै पक्राउ परेका उनीहरुले आइतबार ललितपुर जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गरेका हुन्। ललितपुर जिल्ला अदालतले साधारण तारेखमा छाडे लगत्तै शंकर अधिकारी, संजीव कार्की र देवराज घिमिरेले विप्लव नेकपा पार्टी परित्यागसहित हिंसाको बाटो त्यागेर शान्तिपूर्ण राजनीतिका लागि आत्मसमर्पण गरेको प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले उनीहरूले पार्टीका सम्पूर्ण गतिविधि त्यागेको जानकारी दिए । ‘उहाँहरूले विप्लव समूह परित्याग गरी खुला राजनीतिमा आउनु भएको छ,’ उनले भने ।











