काठमाडौँ । चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज फेब्रुअरी १५ तारिख बेइजिङस्थित जन बृहत सभा भवनमा चीन र अमेरिका बीच नयाँ आर्थिक तथा व्यापारिक उच्चस्तरीय छलफलमा सहभागी अमेरिकी व्यापारिक प्रतिनिधि रोबेर्ट लाइथिजर तथा अर्थमन्त्री स्टेभेन म्नुचिनसँग भेट-वार्ता गर्नुभएको छ।
चीन र अमेरिकाको सम्बन्ध बर्तमान विश्वमा सबैभन्दा महत्त्वपूर्ण द्विपक्षीय सम्बन्धहरूमध्येको एक हो भन्ने कुरा राष्ट्राध्यक्ष सीले प्रकट गर्नुभयो । विश्वको शान्ति तथ स्थिरताको सुरक्षा गर्ने र विश्वको विकास तथा समृद्धिलाई घच्घच्याउने क्षेत्रमा दुई देशसँग व्यापक साझा फाइदा हुनुका साथै दुवैले महत्त्वपूर्ण जिम्मेवार बहन गरेका छन् । दुई देशको सम्बन्धको स्वस्थ तथा स्थिर विकास दुवै देशका जनताको मूल फाइदा र अन्तर्राष्ट्रिय समाजको प्रतीक्षासँग अनुकूल रहेको छ ।
उहाँका अनुसार, गत डिसेम्बर महिना यता दुई देशका आर्थिक तथा व्यापारिक मण्डलले पटकपटक र हितकर छलफल गरेका छन् । चीन र अमेरिकाले सहयोग गरेमा दुवैका लागि फाइदाजनक हुने र संघर्ष गरेमा दुवैलाई क्षेति हुने सीले धेरैपटक दोहोर्याउनुभयो । सहयोग सबैभन्दा राम्रो छनौट हो भन्दै चीनले सहयोगात्मक तरिकाद्वारा आर्थिक तथा व्यापारिक द्वन्द्व र मतभेदको समाधान गर्ने इच्छा राखेको छ । अवश्य नै सहयोगसँग सिद्धान्त छ । अहिले विश्वले पैचिङमाथि नजर पुर्याएको छ । छलफलमा दुई देशका प्रतिनिधिमण्डलले चरणगत प्रगति हासिल गरेका छन् । आगामी साता दुई पक्षले वाशिङ्टनमा फेरि वार्ता गर्नेछन् । अझ प्रयासमा आपसी हितकर र विजयी सन्धिमा सही गराउने आशा सीले गर्नुभयो ।
लाइथिजर र म्नुचिनले राष्ट्रपति ट्रम्पको हार्दिक अभिवादन र शुभकामना राष्ट्राध्रयक्ष सीलाई हस्तान्तरण गर्नुभएको छ । अमेरिका र चीनको व्यापारिक सम्बन्ध निकै महत्त्वपूर्ण छ। विगत दुई दिनमा दुई पक्षले साझा अभिरूचिका आर्थिक तथा व्यापारिक समस्याबारे गहिरो छलफल गरेर महत्त्वपूर्ण र गाह्रो मामिलामा नयाँ प्रगति हासिल गरेका छन् । दुई पक्षको फाइदासँग अनुकूल सन्धिको प्राप्त गर्न आगामी समयमा अमेरिकी प्रतिनिधि मण्डलले चिनियाँ प्रतिनिधि मण्डलसँग आदान-प्रदानलाई घनिष्ठ पार्नुका साथै प्रयास गर्ने इच्छा लिएको छ।