एजेन्सी, भ्रष्टाचार विरोधी उम्मेदवार जुजाना क्यापुटोभा मध्ये युरोपको भूपरिवेष्ठित देश स्लोभाकियाको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएकी छन् । प्रतिद्वन्द्वी सेफकोभिकभन्दा १६ प्रतिशत बढि मतले जुनाना स्लोभाकियाको राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । जुनाना क्यापुटोभाले ५८ प्रतिशत मत ल्याउँदा प्रतिद्वन्द्वी सेफकोभिकले ४२ प्रतिशत मत पाएका थिए ।
४६ बर्षिया जुजानासँग धेरै राजनीतिक अनुभव थिएन तर पनि उनले सत्तासीन पार्टीका उच्च व्यक्तित्वका राजनीतिज्ञ तथा मारोस सेफकोभिकलाई दोस्रो राउण्डको रनअफ भोटमा पराजित गरेकी हुन् । चुनावी परिणामपछि जुजानाले भनेकी छन् – ‘ याे चुनाव राम्रो र नराम्रो बीचको संघर्ष हाे ।’
यो चुनाव पछिल्लो वर्ष एक खोजी पत्रकारको हत्यापछि भएको हो । पत्रकार जन कुइयाकले राजनीतिज्ञ र संगठित अपराधबीच सम्बन्ध रहेको पाएपछि गएको फेब्रुअरी २०१८ मा उनकी पत्नीसँगै उनको गोली हानेर हत्या गरिएको थियो ।
त्यो घटनापछि जुजानाले राष्ट्रपतिको पदका लागि चुनाव लड्ने घोषणा गरेकी थिइन् । जुन निकै ठूलो औपचारिक भूमिका थियो । पहिलो मतदानमा जुजानाले ४० प्रतिशत मत प्राप्त गरेकी थिइन् जुन सेफकोभिकले प्राप्त गरेको मतभन्दा १९ प्रतिशतभन्दा कम थियो ।