DB Karki डी.बी. कार्की
 

बैँस त्याग्यौ किन, घर छाडी भाग्यौ
पढाइ छाडी किन, राजनीतिमा लाग्यौ ?
मरेर जाने चोला, बुझेर जब त्याग गर्यौ
सत्ता र शक्तिको आडमा, किन आज झर्यौ ?

कम्युनिस्ट एकता गर, पार्टी दुई वामको
भोगी सक्यौ तिमीले, सबै पद नामको ।
अब के छ गर्नु नगर्नु, सके जति गर्यौ,
मानिस भई सबै गरी, भगवानमा झर्यौ ।

स्वर्गमा जाऊ, ढोका छन् सबै खुलेका,
छन् रम्भा र उर्वशी, तिलोत्तमा झुलेका ।
हुनेछ मत्र्य र नर्क, त्यागी जानू वेस,
सुण्ड र मुसुण्ड नन्दीले, बन्नु है लैस ।

वामपन्थी एक नभए, हुन्छ दशा सुरु,
जनताले भन्छन् नेता, खाल्डो खनी पुरुँ ।
नेतृत्वले जनताको, मान्नुपर्छ कुरा,
पराईको मनोकांक्षा, हुनु हुन्न पुरा ।

समाजवादको कार्यक्रम, लेख्नुपर्छ साझा,
पुरा गर्ने संकल्प लिई, आऊ जनता माझ ।
नसकेमा सत्ता छाड, हामी चलाउँछौँ,
जनताका निभेका ती, चुला जलाउँछौँ ।

के नयाँ र पुरानाको, उमेर हद तोड,
विचार र दृष्टिकोणमा, नयाँ नाता जोड ।
लम्पट स्वार्थी युवा नेता, भए डुब्छ देश,
उमेर साथै अनुभवको, मिलन हुन्छ वेस ।

छोराछोरी बाआमाको, शिकार खेल्न थाले,
टोपी लाउने शीरमाथि, जुत्ता लाउन थाले ।
काम नगरी सुती सुती, कमाई गर्न थाले,
रातो विचार बेची खाने, बन्ने भए भाले ।

वर्गीयता त्याग गर्ने, नेता वामपन्थीका,
पुँजीवादका हिमायती, काम दामपन्थीका ।
समाजवादको नीति लिनू, पार्टी एक पार्नू,
संकटबाट देश अनि, जनतालाई तार्नू ।

याे पनि पढ्नुस्ः  सम्पूर्ण सहिदहरुप्रति श्रद्धाञ्जली – क. डि.बि. कार्की 

याे पनि पढ्नुस्ः किमलाई चिठ्ठी – क. बलराम तिमल्सिना ‘विप्लव’

याे पनि पढ्नुस्ः अयोग्यताकाे प्रमाणपत्र – क. रीता पाैडेल