Balram Timalsina Biplab
 

एउटा विशाल नदी थियो बग्दाबग्दै सुक्यो !
झण्डा झुक्यो करोडौंको शिर पनि झुक्यो !

आक्रोशका मुठ्ठी उठाए सोझा मान्छेहरूले !
घृणापूर्वक भूईमा थुके देख्ने सुन्नेहरूले !
जीवनजलमा हलाहलझैं विष मिसाएर
उत्सव मनाए गद्दारहरुले भारी बिसाएर !
एउटा विशाल नदी थियो …………….!

पहिरो खस्यो बस्तीमाथि कोलाहल थप्यो !
बाढी पस्यो मध्ये रातमा बस्ती पुरै बग्यो !
रातो झण्डा बोकेरै पसे रातो झण्डा पोल्नेहरू !
लुटेराहरू थिए ठ्याक्कै हाम्रै भाषा बोल्नेहरू !
एउटा विशाल नदी थियो …………………!

भ्रमको एउटा कारखाना चल्न बन्द भयो !
विशाल भ्रमको नयाँ उद्योग फेरी सुरु भयो !
पहिलो भ्रमको चिहानमाथि सत्य उम्रिदै छ !
भ्रमको वादल फाट्दै छ र क्षितिज उघ्रिदै छ !

एउटा विशाल भ्रम थियो त्यो हेर्दाहेर्दै ढल्यो !
झुलो चकमक पर्यो कसैले आगो फेरी बल्यो !
एउटा विशाल नदी थियो …………………!

याे पनि पढ्नुहाेस्ः  अचेल मेरो कमरेड र म – क. बलराम तिमल्सिना ‘विप्लव’

याे पनि पढ्नुहाेस्ः   ए बजार सुन्दरी – क. बलराम तिमल्सिना ‘विप्लव’

याे पनि पढ्नुहाेस्ः     अयोग्यताकाे प्रमाणपत्र – क. रीता पाैडेल                           

२०७४ /१० /०८
ढल्को, काठमाडाैँ