भ्लादिमिर इल्यिच लेनिन, लेनिन, Vladimir Ilyich Lenin, लेलिन
 

लेलिन बाजे !
हाम्ले नि कोशित् गरेकै छम्
हामी नि मरिमेटेकै छम्
तिम्राझैँ समाजवादको
अझ एक हात अगाडि बढेर
समृद्ध समाजवादको गीद् गाएकै छम् ।

बाजेलाई ख्याल होस्
तिम्राझैँ यो पछौटे शताब्दी होइन ।
बरू यो त समृद्धिको शताब्दी,
संसदबाटै खास्सा समाजवाद आउने शताब्दी ।
पुँजीवादीहरूसँग
साम्राज्यवादीहरूसँग पनि हातेमाले गर्दै
कमनिस्टहरूले हिन्न सकिने
राजकाजमा हालिमुहाली चलाउन सकिने शताब्दी ।

शरद पौडेल, sharad poudel
रचनाकार

लेलिन बाजे !
आजको समय फेरिएको छ
अब एकलौटी कहाँ हुन्छ र?
मजदुरको अधिनायकत्त्व कहाँ हुन्छ र?
अब त प्रतिस्पर्धा हो
धनी होस् कि गरिप्
मजदुर होस् कि मालिक
दलिथ होस् कि गैरदलिथ
स्वास्नीमन्छे होस् कि लोउनीमन्छे…
नारिएर दौड्दा
जोल्ले जित्छ उई शासख,
उई राजा उई खासा ।

मन सानो नपार बाजे !
टाइम टाइमको बात त र’छ
अहिलेलाई यस्तै भो
खुर्पाको बिँड र सिरखन्न उस्तै भो ।
बरू, तिम्लाई जनमदिनको शुभकामना ।

याे पनि पढ्नुहाेस्ः   एक्काइसाैँ शताब्दीमा लेनिन र क. प्रचण्ड

याे पनि पढ्नुहाेस्ः  लेनिन हराएको खबर

याे पनि पढ्नुहाेस्ः  भ्लादिमिर इल्यिच लेनिनको संक्षिप्त जीवनी

याे पनि पढ्नुहाेस्ः  नयाँ समाजवाद – क. शरद पाैडेल

(क. शरद पौडेल प्रगतिशील साहित्यकार तथा बहुचर्चित ‘लिखे’ र ‘तपन’ जस्ता कृर्तिका रचनाकार हुनुहुन्छ ।)