कस्ले कस्ले पाए होलान् अरुणको बिलो ?
खुल्छ पक्कै कुनै दिन होला चाँडो ढिलो !
यता नाङ्गै नाच्छ दिउँसै लाजै पचाएर !
राति राति सार्छ उता सिमानाको किलो !
पुच्छर भेट्ने उदास छ बस्या छ नबोली !
दङ्दास छ अर्को उता भेटेँ भन्दै फिलो !
यता सुक्यो उता अर्को फेरि निस्किएर !
बल्झी बल्झी दुखिदिन्छ अप्ठेरोको पिलो !
सडकमा होउन्जेल खोक्नेहरूले नि !
हिजो आज बनाएछन् अन्तर्वस्त्र गिलो !
यता देशभक्तहरूको मुटु जलेको छ !
राष्ट्रघाती भन्दै होलान आहा क्या स्वादिलो ?
यो पनि पढ्नुहाेस्ः लेनिन हराएको खबर – क. बलराम तिमल्सिना ‘विप्लव’
याे पनि पढ्नुहोस्ः संवाेधन लेनिनका नाऊँमा – क. शरद पाैडेल
२०७५|०१|३०
ढल्को, काठमाडाैँ