काठमाडौं। नेपाली कम्युनिस्ट अान्दाेलनकाे टुट, फुट र विभाजनकाे श्रृंखलालार्इ अन्त्य गर्ने संकल्पका साथ मुलुककाे राजनीतिक इतिहासमा अाजसम्मकै सबैभन्दा ठूलाे र बहुप्रतिक्षित पार्टी एकता नेकपा (एमाले) र नेकपा (माअाेवादी केन्द्र)काे बिचमा अाज सम्पन्न हुन लागिरहेकाे छ ।
वि.सं. २००६ सालमा नेपालमा जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवादसम्म पुग्ने लक्ष्य बाेकेर क. पुषपलालकाे नेतृत्वमा स्थापित भएकाे नेपाल कम्युनिस्ट पार्टी टुट, फुट र विभाजनका अनेकाैँ श्रृंखला पार गर्दै अाएकाेमा यसपटक त्यसलार्इ नयाँ माेड दिँदै एकता, सहकार्य र रूपान्तरणकाे दिशामा अगाडि बढ्ने संकल्पका साथ अगाडि बढेका छन् भने दुवै पार्टीका नेताहरु पार्टी एकता प्रक्रियालाई अाअाफ्ना पार्टीमा अनुमोदन गराउँदै सफल बनाउनका लागि अावश्यक तयारीमा जुटेका छन् ।
दुर्इ पार्टीकाे एकताकाे सन्दर्भमा संगठन, कार्यदिशा, चुनाव चिन्ह र जनयुद्धका विषयमा रहेको विवादलार्इ दुई अध्यक्षहरू क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क. केपी शर्मा ओली बसेर सहमतिमा पुराएपछि एकताको घनिभूत तयारी थालिएको छ । सहमति अनुसार अब एकीकृत कम्युनिस्ट पार्टीकाे नाम नेपाल कम्युनिस्ट पार्टी रहनेछ र यसमा ४४१ सदस्यीय केन्द्रीय समिति बन्नेछ, जसमा नेकपा (एमाले)का तर्फबाट २४१ र नेकपा (माओवादी केन्द्र) का तर्फबाट २०० केन्द्रीय सदस्यहरू रहनेछन् । ४३ जनाको स्थायी समितिमा २५ जना एमाले र १८ जना माओवादीकाे तर्फबाट रहनेछन् । दस बर्षे महान् जनयुद्ध र त्यसकाे एेतिहासिक भूमिका तथा महत्त्वलार्इ एकीकृत पार्टीकाे विधान तथा प्रतिवेदन र सबै अाधिकारिक दस्तावेजहरूमा उल्लेख गरिनेछ भने निर्वाचन चिन्ह सुर्य रहने गरी सहमति भएको छ ।
सहमतिकाे अनुमाेदनः
दुर्इ अध्यक्षबिच भएकाे सहमति अनुसार आज १० बजे एकता संयोजन समितिको बैठक बसेर एकता गर्ने निर्णय र दुर्इ अध्यक्षहरूबिचमा भएकाे सहमतिलार्इ अनुमोदन गर्नेछ भने दुबै पार्टीको १ बजे बस्ने केन्द्रीय समतिले संयोजन समितिको पार्टी एकता गर्ने निर्णयलाई अनुमोदन गर्नेछन् ।
दिउसाे ३ बजे निर्बाचन आयोगमा नेपा कम्युनिष्ट पार्टी नामक नयाँ कम्युनिष्ट पार्टी दर्ता हुनेछ र बेलुकि ५ बजे पत्रकार सम्मेलन गरी एकताको घोषणा गरिनेछ ।
आजका कार्यक्रमहरूः
- अाज बिहान ७ः३० बजे : बल्खुस्थित मदन भण्डारीको सालिकमा ओली–प्रचण्डद्वारा माल्यार्पण ।
- आज (३ जेठ) जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसको अवसरमा एमालेले बिहान ७ः३० बजे पुरानो पार्टी कार्यालय बल्खुमा कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रमुख वक्ताकाे रूपमा प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकताका विषयमा महत्वपूर्ण घोषणा गर्ने ।
एकता संयाेजन समितिकाे बैठक
- बिहान १०ः०० बजे : पार्टी एकता संयोजन समितिबाट एकताको निर्णय ।
- प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहान १० बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ । दुई अध्यक्षबीच सहमति भइसकेको एकतासम्बन्धी राजनीतिक र सांगठनिक प्रतिवेदनलाई संयोजन समितिले अनुमोदन गर्नेछ । र, दुवै पार्टी विघटन गरी ‘नेपाल कम्युनिस्ट पार्टी’ गठनको निर्णय गरिनेछ।
पार्टीका अलग अलग बैठकः
- पार्टी एकता संयोजन समितिको निर्णय अनुमोदनका लागि बिहान ११ बजे एमालेले केन्द्रीय कमिटीकाे बैठक बोलाएको छ ।
- त्यस्तै माओवादी केन्द्रले दिउँसो १ बजे केन्द्रीय सचिवालय कमिटी बैठक बोलाएको छ ।
- दुवै पार्टीका बैठकले पार्टी अाअाफ्ना पार्टी विघटन गरी एकीकरणको निर्णय गर्नेछन् ।
संयुक्त बैठक
दुवै पार्टीले एकता अनुमोदन गरेलगत्तै दिउँसो ३ः०० बजे : दुवै पार्टीको संयुक्त बैठक बस्ने तयारी छ । दुवै पार्टीका नेताहरू बैठकमा सहभागी हुनेछन् ।
दिउँसो ४ः०० बजे : निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता
एकता संयोजन समिति र दुवै पार्टीको केन्द्रीय कमिटी बैठकको निर्णयपछि एकीकरणको निर्णयसहित नेपाल कम्युनिस्ट पार्टी दर्ताका लागि निर्वाचन आयोगलाई पत्राचार गर्ने तयारी छ । माओवादी नेता जनार्दन शर्माले बिहीबारै नेपाल कम्युनिस्ट पार्टी आयोगमा दर्ता हुने बताए ।
साँझ ५ः०० बजे : पत्रकार सम्मेलन
निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता भएपछि नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट साँझ राष्ट्रिय सभा गृहमा पत्रकार सम्मेलन गरी औपचारिक घोषणा गरिनेछ ।