नवौँ महिना को नवौँ दिन, Mao Ze Dong, Maotsetung Mao Tsetung
 

प्रकृतिले होइन,
मानिसले नै सबै चिजलाई पाको बनाउँछ ।
प्रत्येक वर्ष नवौँ महिनाको नवौँ दिन फर्किन्छ,
त्यो नवौँ महिनाको नवौँ दिन
मिठो सुवास छर्दै
पहेँला फूलहरु फुल्छन् – रण मैदानमा ।

वसन्त ऋतुको सुवासको विपरीत,
प्रत्येक वर्ष
शरद्को हावा व्यग्रतापूर्वक चल्छ,
तैपनि वसन्त ऋतुको सुवासले जित्छ त्यसलाई
हेरौँ त ! चिसो आकाश र पानी
कसरी अनन्तसम्म फैलिएका छन् ।

(अक्टोबर १९२९)

यी पनि पढ्नुहाेस्ः

चाङ्सा – क. माओत्सेतुङ

मध्य मैदानी प्रदेश – क. जोसे मारिया सिसोँ

कमरेड माओत्सेतुङकाे पहिलाे प्रेमबारे