Map of Nepal, Maile Bujhna Nasakeko Desh
 

साहित्यमा व्यक्त गरिने शब्द
भाषणमा व्यक्त गरिने बोली
कानूनमा लिपीबद्ध अक्षरमा
मात्रै होइन
देश विकास
अब
व्यवहारमा उतार्नु पर्छ ।

तिम्रो, मेरो र हाम्रो मनमा
नेपालीपन छ भने
देश बनाउन जुट्ने अनि
उठ्ने बेला भएको छ ।

विदेशमा पसिना बगाएर
संसारको कुन देश बनेको छ ?
त्यो रेमिटान्सले
संस्कृति र भेष बिगार्छ ।
चौरासी गरेका बाजेबजै
बृद्ध भत्ता होइन नातिनातिना
विदेश जान नपरोस् भन्छन् ।

अविरल बगिरहने नदीमा ड्याम बाँध त
के नेपाल ? संसारै झलमल हुने
विद्युत निस्कन्छ ।
हिमालबाट निस्केको पानी
हाटबजार होइन, विश्ववजारमा लैजाऊ त
भारु होइन डलर आउँछ, डलर ।

ग्याष्ट्रि क जस्तै सबै नेपालीको
विदेशीको आसमा बस्ने रोग छ नि
त्यो फालेर उद्योग खोल त
बहादुरसिंह र कुमारीहरु
कहिल्यै विदेशी जानु पर्दैन ।

दृष्टिविहिनले पनि थाहा पाउने
रमणीय देशमा
आँखा खोल त
हाम्रो प्रकृति र संस्कृतिले कति ल्याउँछ
पर्यटन र रोजगारी ।

सात सालदेखिको नारा
देश समृद्धिको
हट्दैन जबसम्म
सबै खाले बेथिति
त्यो महङ्गी अनि भष्ट्राचार
जबसम्म उठ्दैन चेतनाको स्तर
उत्पादनमा हुदैन सामूहिक नेतृत्व
न बन्छ समाजवादको आधार
न हुन्छ देशको समृद्धि ।

Aabiskar kala, poet and literary worker
रचनाकार