Art representing the dialetics of heart and mind
 

वर्ग ?
मूर्ख त भा’छैनौ ?
जाऊ, गणितमा हेर
त्यहाँ होला तिम्रो वर्ग ।

क्रान्ति??
मगज त खुस्केन कतै ?
जाऊ, पल्टाऊ, बासी इतिहास
त्यहीँ होला तिम्रो क्रान्ति ।

रोग, भोक, शोक र वेदना
न कराऊ यो सबै
छैन सुन्ने फुर्सद मलाई,
मेरो पसलमा चल्दैनन् यी सब,
छैन यहाँ वर्ग
पाइन्न यहाँ वर्ग
रित्तिएको छ संघर्षको डिब्बा ।

तिमी नै राख तिम्रो संघर्षको कुरा
तिमी नै सजाऊ तिम्रो ‘शोषण’
बिक्दैन तिम्रो आवाज
भाऊ छैन तिमीले कराउने ‘अन्याय’को ।

न बिथोल दुई तिहाईको पसल
समृद्धि र समाजवादको पसल
शव्दमा लेखिएका अधिकारका गोदाम
डराऊ कर्फ्यूदेखि
डराऊ प्रतिवन्धदेखि
बन्द गर अब, मुक्तिका कर्कश गीतहरू !!!