नफर्के पनि कमरेड कृष्ण सेन,
महिना र गते फर्किरहेछन् ।
नमेटिए पनि उत्पीडन,
नारा अझै घन्किरहेकै छन् ।
अधुरै भए पनि वाचाहरू,
सपनाहरू अझै बिउँझै छन् ।
विभक्त छन वाचकहरू,
दोषारोपण उस्तै र जिउँदै छन् ।
मरिहत्ते देखिन्छ पदका लागि,
तर पङ्गाजाले पछौरी ओढिएकै छन् ।
तै पनि सेन जी ! प्रयास जारी छ,
सम्झना झल्याँस्सिँदै र जोडिँदै छन् ।
एउटा छेऊबाट नियाल्दैछु,
सङ्कल्प दोहोर्याएको हेरिरहेको छु ।
अविस्मरणीय तिम्रो दिग्दर्शन,
लङ मार्चतिर लम्कँदै गर्ने देखिरहेछु ।

(रचनाकार नेकपा (माओवादी केन्द्र) का नेता तथा सहिद परिवार हुनुहुन्छ ।)













