शब्दको सिपाही इच्छुक, शब्दकै सुन्दर तस्बिर
विचारका चमक तिमी, जुनकिरी बाल्ने वीर
क्रान्तिको प्रेमी इच्छुक, इच्छाशक्तिको ज्योति
जनताको साहित्य इच्छुक, जुग फेर्ने हौ मोती ।
मुक्तिको कठोर यात्रा, तिमीले हिँडेको बाटो,
चिहान बनाउने शोषण ढाल्न, खोज्दै रगतको टाटो
अन्धकारको जुग ढाल्न,आउँदैछौँ इच्छुक हामी
चेतनाका हुङ्कार लालीको, उठाएर झण्डा रातो ।
शोषणकारी व्यवस्था, ढाल्ने इच्छुकको आस्था
श्रमजीवी जनता, प्रेम गर्ने अटल तिम्रो विश्वास
शब्दको हतियार, दमनकारी सिपाहीको तरबार
पड्कियो इच्छुकको छाती, हाँस्यो सामन्तको दरबार
ढल्यो विचारको छापामार, गुमनाम नेपाली आमा, खबरदार !
(रचनाकार प्रगतिशील सामाजिक अभियन्ता हुनुहुन्छ।)