प्रवासिएका गरिब नेपाली क्वारेन्टाइनमा छँदै थिए,
सर्वसाधारण जनता आइसोलेसनमा सधैँ थिए,
मध्यम वर्गकाहरू हस्पिटलहरूमा भरिभराउ नै थिए,
जनताका लासका खातले मसानघाटहरू हाउसफुल थिए ।
बिचौलियाहरू यतिबेला पनि लुट्नमै व्यस्त नै थिए,
राज्यका हर्ताकर्ताहरू सधैँ दासता र दलालीमै मस्त नै थिए,
अब त सरकार इमर्जेन्सीमा र मन्त्रीहरू रेस्पिरेसनमा गए,
संसद-सांसद पनि आईसीयुमा उपचाररत भए ।
व्यवस्था पनि पहिलेदेखि नैसीसीयुमा छँदै थियो,
हुँदा हुँदा आज त देश नै भेण्टिलेटरमा पो गयो,
लाग्छ, सूर्यचन्द्रको गुरुत्वले नतान्ने हो भने,
अब त देश ब्ल्याक होलमा नै जाने निश्चित भयो ।
अब त देस ब्ल्याक होलमा नै जाने निश्चित भयो ।।
(रचनाकार नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य हुनुहुन्छ ।)