keshav nepal 'bijaya kumar', sindhupalchok
 

आयो महासंकट
कोरोना भाइरस बनेर
यो धर्तीमा
मानवजातिको महाकाल बनेर
एउटा ठाँउमा होइन
एउटा गाउँमा होइन
एउटा बस्तीमा होइन
एउटा सहरमा होइन
एउटा देशमा होइन
यो त धर्तीभरि नै आयो
न बालबालिकालाई छोड्छ
न युवा-युवतीलाई छोड्छ
न वृद्ध-वृद्धालाई छोड्छ
धर्तीका कसैलाई छोडेन
कोरोना भाइरसले
न अमेरिकालाई छोड्यो
न चीनलाई छोड्यो
त्यसैले,
अब सबै मिलेर
आफ्ना दम्भ रअहंकार
आफ्ना शक्ति र घमण्ड
त्याग्दै
धर्तीका सारा मानवजातिलाई
महासंकटबाट जोगाऊँ ।

(रचनाकार नेकपाका नेता हुनुहुन्छ – सम्पादक।)