आगतले तिमीलाई जस्तै
मलाई पनि सोध्नेछ कुनै दिन,
एमसीसीको डढेलोले
देश खाइरहेको बखत
भन तिमी कहाँ थियौ ?
देशको स्वाभिमान र सार्वभौमिकतामाथि
विदेशीले धावा बोलिरहँदा
भन, तिमी कहाँ उभिएका थियौ ?
मैले भन्नेछु, सगर्व भन्नेछु
म तलुवा चाट्नेहरूको लाइनमा थिइन
म डलरसँग आमाको सौदाबाजीको लाइनमा थिइन ।
बरू म त
तिनीहरूसँगै थिएँ
जो थोरै थिए
तर सौदावाजीको बर्खिलाप थिए,
शीर उठाएका थिए स्वाभिमानले
र, गर्जिएका थिए उसको नाकै मुन्तिर
मुट्ठी कसेर चिच्याइरहेका थिए
गो ब्याक एमसीसी !
गो ब्याक आइपिएस !!
गो ब्याक साम्राज्यवाद !!!
(क. शरद पौडेल प्रगतिशील साहित्यकार तथा बहुचर्चित ‘लिखे’ र ‘तपन’ जस्ता कृतिका रचनाकार हुनुहन्छ ।)