chautara sangagadhi, road, चौतारा साँगागढी, सडक
 
काठमाडौँ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा स्थानीय तहको निर्वाचनपश्चातका पछिल्ला ४ वर्षमा विकास निर्माणका जनपक्षीय महत्त्वपूर्ण कामहरूका साथै सडकहरूको पनि व्यापक स्तरोन्नति र कालोपत्रे भएको छ ।

हिउँद चल्ने तर वर्षा याममा बन्द हुने अधिकांश सडकहरू चार वर्षको अवधिमा फेरिएको नगरपालिकाका उपप्रमुख क. जानुका पराजुली बताउनु भएको छ । नगरपालिका केन्द्रदेखि १४ वटै वडा कार्यालय जोड्ने सडकहरू स्तरोन्नति र कालोपत्रे भएको उहाँको भनाइ छ ।

जल्केनी-जितपुर-कदमबास सडक, जल्केनी-चापाबोट वडा कार्यलय हुँदै सुकुटे जोड्ने सडक, साँगाचोक-डडुवा सडक धमाधम कालोपत्रेको काम भइरहेको उहाँले बताउनुभयो । साथै, टोल बस्तीमा पुग्ने गोरेटो बाटाहरूमा समेत सिँढि बनाउने काम भइरहेको छ ।

“हामीले निर्वाचित भएर आएपछि निर्वाचनमा जनतालाई जे जस्ता कामहरू गर्नेछौँ भनेर वचनबद्धता जाहेर गरेका थियौँ, तीमध्ये हामीले गर्नसक्ने धेरै काम सम्पन्न गरेका छौँ, तीमध्ये यी सडकहरू केही उदाहरण हुन्,” नगरउपप्रमुख क. जानुका पराजुलीले लेफ्ट रिभ्यु अनलाइनसँग कुरा गर्दै भन्नुभयो ।

चौतारा साँगागढीका केही प्रतिनिधिमूलक सडकका तस्विरहरूः