भोटेकोशी, राजकुमार पौडेल, raj kumar poudel, bhotekoshi
 

काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. ३ मा नेपाली काङ्ग्रेस र नेकपा (एमाले) परित्याग गरी २५ जना नवयुवकहरू नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ । नवप्रवेशी नौजवानहरूलाई नेकपा (माओवादी केन्द्र) का नेता तथा भोटेकोशी गाँउपालिकाका अध्यक्ष क. राजकुमार पौडेल र भोटेकोशी गाँउ कमिटीका अध्यक्ष क. आङछिरिङ शेर्पाले संयुक्त रुपमा खादा तथा अबिर लगाएर पार्टीमा स्वागत गर्नुभएको हो ।

नेकपा (माओवादी केन्द्र) भोटेकोशी गाँउपालिका वडा नं. ३ को भेला तथा समिति गठन कार्यक्रममा पार्टी प्रवेश गर्नेहरुमा स्थानीय चुनावमा नेपाली काङ्ग्रेसबाट विजयी भएका वडा सदस्यका भाइ मिङ्गमार शेर्पासहित कांग्रेसमा सक्रिय रूपमा राजनिति गरिरहकेका युवाहरू रहनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) का नेता तथा भोटेकोशी गाँउपालिकाका अध्यक्ष क. राजकुमार पौडेल स्थानीय तहको चुनावमा गाँउपालिकामा निर्वाचित भएपछि गरेका विकास र निर्माणका योजना र समन्वयात्मक भूमिकाबाट प्रभावित भई आफूहरू नेकपा (माओवादी केन्द्र) रोजेको नवप्रवेशी युवाहरूले बताउनुभएको छ ।

कार्यक्रममा नवप्रवेशीहरूलाई स्वागत गर्दै गाउँपालिका अध्यक्ष क. राजकुमार पौडेल र अरू नेताहरूले भोटेकोशीको समग्र विकासप्रति माओवादी केन्द्र प्रतिबद्ध रहेको र जनताको सेवा तथा गाउँको विकास बाहेक आफ्नो अन्य कुनै स्वार्थ नरहेको भनाइ राख्नुभयो ।

काङ्ग्रेस-एमालेले ठुला ठुला गफ मात्रै लगाउने र भ्रष्टाचार गर्ने तर काम सिन्को समेत नभाँच्ने गरेको आरोप लगाउँदै केन्द्रमा पनि पार्टी अध्यक्ष प्रचण्डको साह्रै राम्रो भूमिका भएकोले अब देश माओवादीको हातमा हुनुपर्ने नवप्रवेशी कार्यकर्ताहरूको भनाइ थियो ।