महान अक्टोबर समाजवादी क्रान्ति, लेनिन, सोभियत संघ, रुस, Vladimir Ilyich Lenin, October Revolution, Russia, soviet union
 

हामीले यो वर्ष दुई वटा विश्व घटनाका शताब्दीको स्मृति गर्दैछौँ । आजभन्दा ५ दिन अघिमात्र महान् अक्टोबर समाजवादी क्रान्तिकाे सय वर्ष मनायौँ । आज ११ नोभेम्बर । प्रथम विश्वयुद्ध समाप्त भएको दिन ।

सन् १९१४ जुलाई १९ मा जर्मनीले रुसमा हमला गरेपछि सुरु भएको यो युद्धले महायुद्धको रूप लियो । यसमा तात्कालिक महाशक्ति फ्रान्स, बेलायत, रुस र पछि अमेरिका र जापान सहित एक पक्ष र अर्को पक्षमा जर्मनी, अष्ट्रिय र हङ्गेरी थिए । सुरुमा अमेरिका रमिते भएर अरुलाई लडाएर रमाइरहेको थियो ।

Sheshmani Acharya
लेखक

यस युद्धलाई क. लेनिनले साम्राज्यवादीहरूको बजार प्रतिस्पर्धाको रूपमा लिनुभयो र शान्तिको बाधक मान्नुभयो । उहाँले युद्धरत देशका मजदुर वर्गीय समाजवादी पार्टीहरुलाई युद्धको विरोध गरी आ-आफ्नो देशमा क्रान्तिको तयारी गर्न आह्वान गर्नुभयो, तर तात्कालीन दोस्रो अन्तर्राष्ट्रियका अवसरवादी नेताहरुले राष्ट्रवादको नाउँमा आ-आफ्नो सरकारलाई युद्धमा सघाउने नीति लिए ।

यसले रुसमा असन्तोष बढ्दै गयो । युद्धरत रुसी सेना विद्रोहको निम्ति आतुर हुन थाले । रसिया समाजवादी क्रान्तिकाे प्रसव पीडामा छट्पटिन थालेको थियो । सेनाभित्रको युद्ध विरोधी भावना, रूसी मजदुर वर्गको लौह क्रान्तिकारिता, क. लेनिन र बोल्शेभिक पार्टीको कुशलता, यी सबैको कारणले १९१७ मा अक्टोबर समाजवादी क्रान्तिकाे विद्रोहको कार्यभार सम्पन्न भयो ।

क. लेनिन र साथीहरुको अथक प्रयासस्वरुप केही क्षणिक क्षति भए पनि ब्रेस्त लितोभस्क सन्धिपछि ११ नोभेम्बर १९१८ मा चार वर्षको अकल्पनीय पीडाबाट विश्वले मुक्ति पायो । यस युद्धमा ४०मिलियन (१ मिलियन = १० लाख, अर्थात् १०×४० = ४०० लाख वा ४ करोड) सैनिक र नागरिकहरू हताहत भए । १०लाखमात्र (१ मिलियन) १९१६ मा हताहत भए ।

साम्राज्यवाद वास्तवमा युद्धको मुहान्‌ नै हो । यस युद्धको समाप्ति समाजवादले मात्र गर्‍यो । समाजवादले पहिलो र दोस्रो विश्वयुद्धको समयमा युद्धलाई मानव समाजबाट सदाको अन्त्यको निम्ति नेतृत्व गर्‍यो । अब हामीले पनि यस वर्षका दुई शताब्दी काललाई अहिले गम्भीरतापूर्वक समीक्षा गर्नुपर्छ । 

युद्धमा मृत सम्पूर्ण विश्वका नागरिकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली !
पीडित तात्कालिक जनसमुदायमा गहिरो समवेदना !
युद्ध अपराधीहरूप्रति तिखो घृणा !
महान् लेनिन, रुसी बोल्शेभिक कमरेडहरुमा लाल सलाम !!
मानव जातिले अब फेरि यस्ता युद्धहरु सहन नपरोस् !