coronavirus, Religion, COVID-19, Superstition
 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)  को नामामा केही धार्मिक अतिवादीहरुले ईश्वरको प्राथना गरे कोरोना नलाग्ने भ्रम फैलाएका छन । त्यो सबै त्यो सबै धार्मिक अन्धविश्वास र भ्रम हो ।

यस सम्बन्धमा यो उदाहरण हेरौँ: कोरोना भाइरसले अहिलेसम्म इटालीमा ५० भन्दा बढी पादरीहरुको मृत्यु भइसकेको छ । दक्षिण कोरियामा जे-जसरी कोरोना फैलियो, त्यसमा चर्चको मुख्य भूमिका रहेको छ । त्यहाँ आधाभन्दा कोरोनाको संक्रमण चर्चबाट भएको बताईएको छ । अति हिन्दुवादी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत पहिलोपटक सार्वजनिक रुपमा कोरोनाबाट बच्न अन्धविश्वासमा नलाग्न अपील गरेका छन् ।

कुनै पनि भाइरस धर्म वा ईश्वरप्रति आस्था राखेका आधारमा नसर्ने र नराखेका आधारमा सर्ने भन्ने होइन । सावधानी नअपनाए कोरोना भाइरस जसलाई पनि सर्न सक्छ ।

Sagar Kunwar, Raktim Pariwar Artist, Rajamo
लेखक

भाइरसले बालक, युवक, वृद्ध, आस्तिक वा नास्तिक केही भन्दैन । भाइरसले धर्म, जात, लिङ्ग, भाषा र भूगोलका आधारमा विभेद गर्दैन ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाका विरुद्ध लँडाइ लड्न र मानवजातिले विजय प्राप्त गर्न सबैभन्दा पहिला आफै सचेत रहनु नै हो र त्यसप्रकारको कार्य गर्नु हो ।

चिकित्सा विज्ञानले कोरोना विरुद्ध औषधीका लागि भरमग्दुर प्रयत्न गरिरहेको छ र त्यो सफल हुनेछ । अर्कोतर्फ रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्ने कैयौँ जडिबुटी तथा खाद्यान्नहरु छन्, त्यसले पनि कोरोना बिरुद्धको लँडाइलाई जित्न महत्त्वपूर्ण सहयोग गरिरहेको छ ।

आदरणीय बुवा, आमा, दाजुभाइ तथा दिदीबहिनीहरु, तपाईं जो-जहाँ हुनुहुन्छ, त्यहाँ मानवाताको पक्षपाति भएर स्वास्थसँग कुनै खेलवाड नगरिकन अनुशासनपूर्वक दैनिक जीवन अगाडि बढाउनुहोस् । कोभिड-१९ बाट संक्रमित नहुनका लागि जे-जे गर्नुपर्छ, त्यो गरिरहनुस् । मानवजाति स्वर्णिम युगमा पुग्न हामीले थप लँडाइ लड्नुपर्नेछ । कोरोना नियन्त्रण मात्र होइन, विश्वव्यापी रुपमा कोरोनाको अन्त्य हुनेछ ।

तर, धार्मिक अन्धविश्वासको नाममा वा ईश्वरप्रतिको विश्वासको नाममा कदापि कोरोना विरुद्धको लँडाइमा खेलवाड नगर्नुस् । ईश्वर त भ्रम मात्र हो, वास्तविक दुनियाँ भौतिक परिस्थितिमा अडिएको छ । हजारौँ सपनाहरु छन्, जो हामीले दिउँसो देखिरहेका छौ, ती सबै भौतिक परिस्थितिमा भर पर्दछन् ।

आज विश्वव्यापी रुपमा जनताको कमजोर चेतना स्तरलाई उपयोग गर्न धार्मिक पाखण्डीहरुले फैलाएको भ्रममा नलागौँ, सचेत बनौँ । कोरोनाका विरुद्ध सचेत र सतर्क रहँदै अगाडि बढौँ । कोरोना हार्नेछ । मानवाजातिले विजय प्राप्त गर्नेछ ।

२०७६ चैत्र १४, पोखरा ।

(लेखक राजमो, बागलुङका नेता हुनुहन्छ – सं.।)