समाजवाद, संसदीय व्यवस्था, parlaimentarian democracy vs scientific socialsim, capitalism vs scoailism,
 

अहिलेको आवश्यकता अहिले देशमा कोभिड-१९ को दोस्रो लहरका कारण दैनिक हजारौँ संक्रमित भइरहेका छन्, भने सयौँले अकालमै ज्यान गुमाइरहेका छन् । संसदवादी राजनीतिक दलका नेताहरू भने जनताको स्वास्थ्यको बेवास्ता गरेर पद र कुर्सीका पछाडि स्वाँस्वाँ गर्दै कुदिरहेका छन् । त्यस्तै अहिले देश कोरोना भाइरसले मात्र होइन, केपी भाइरसले पनि ग्रसित छ । संविधानमा उल्लेख नभएका कुराहरू जाल बुनेर संसद विघटनजस्तो ताण्डव नृत्य चलाएर अहिले देशमा अशान्ति मच्चाइएको छ । देशमा चलेका तमाम विकृतिहरू यो सब संसदीय व्यवस्थाका उत्पादन हुन् ।

कृष अर्याल, krish aryal,
लेखक

महासचिव कमरेड विप्लवले पहिल्यै भनेकै थिए – “संसदीय व्यवस्था असफल हुन्छ, एक दिन त्यो सारा जनताले देख्नेछन् ।” महासचिव विप्लवले भनेझैँ अहिले संसदवादीहरू संविधानको धारा पहिल्याउँदै पद र कुर्सी पछाडि ‘तँ पनि काले, म पनि काले, हेरौँला कसले मार्छन् भाले’ भनी म्याराथनमा निस्केका छन् ।

के १० वर्षे जनयुद्धमा ज्यान गुमाएका हजारौँ सहिदहरूको बलिदानी र त्याग त्यसकै लागि थियो ? के जनयुद्ध हास्यास्पद खेल मात्रै थियो ? नेपाली दाजुभाइ/दिदीबहिनीहरूको रगत र बलिदान खेर गएकै हो त ? के जनयुद्ध पद र कुर्सीका लागि मात्र थियो ? यसको उत्तर हाम्रा नेताहरूले दिनै पर्छ ।

अब देश सिक्किमीकरणबाट जोगाउन र नेपाली जनताको वास्तविक शासनका लागि जनमत संग्रह गर्न जरूरी छ । देशमा वैज्ञानिक समाजवाद ल्याई मजदुर वर्गको शासन ल्याउनैपर्छ । एमसीसी जस्ता राष्ट्रघाती सम्झौताको खारेजी र सामन्तीहरूको गिद्धे नजर देशबाट निकाल्न जनमत संग्रहमा गएर सामाधान निकाल्नु पर्छ ।

(लेखक नेकपाको युवा संगठन नेपाल काठमाडौँ महानगर कमिटीका संयोजक हुनुहुन्छ ।)