एमसीसी, मिलेनियम च्यालेञ्ज कम्प्याक्ट, एमसीसी, Millennium Chhalenge Corporation (MCC)
 

मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का फौजी, राजनीतिक, कूटनीतिक र आर्थिक आदि विविध आयाम छन् । तर एमसीसीको मुख्य आयाम त फौजी/सैन्य नै हो । परन्तु दुई जिब्रे, द्वन्द्वकारी र दुष्ट दुश्मनले कहिले “यो फौजी हो” भन्छ त कहिले “यो फौजी होइन” भनेर आफ्ना भ्रष्ट, भत्तावाल, भाँड, भतुवा र भाटहरुलाई सजिलो पारिदिन्छन् भने आम सर्वसाधारण जनतालाई भ्रमित गरिदिन्छन् ।

भ्रम छर्ने र फुटाउने अनि शासन र शोषण गर्ने साम्राज्यवादीहरुको जानेमानेकै रणनीति हो । आर्थिक सहयोग र विकासको आवरणमा आएको यो एमसीसी नेपालमा अमेरिकी सेना, हतियार आदि राख्ने र नेपाल र यहाँका छिमेकीहरु बिचमा द्वन्द्व मच्चाउने लक्ष्यका साथै नेपालमा रहेको युरेनियम उत्खनन, भण्डारण, अपहरण र विक्रि वितरण गर्ने अर्थ/सैन्य रणनीतिमा समेत केन्द्रित छ ।

Narayan Sharma, Kamal Prasad
लेखक

अमेरिकाको नीति, योजना र नेतृत्वमा भारतको अगुवाइमा हिन्द-प्रशान्त क्षेत्रका मुलुकहरुको सहभागितामा नेपाललाई केन्द्रीय कार्यस्थल बनाएर दक्षिण एसियामा आफ्नो साम्राज्यवादी हुकुम/हैकम र प्रभाव/प्रभुत्व लाद्ने एक अत्यन्त घातक षड्यन्त्र एमसीसीभित्र रहेको छ । क्षेत्रीय रुपमा यसका आयामहरु मुख्यत यसप्रकार रहेको स्पष्ट देख्न सकिन्छ:

१. नेपाली/राष्ट्रिय आयाम:

यो नेपाल राष्ट्रको अखण्डता, असंलग्नता, स्वाभिमान, स्वाधीनता, सार्वभौमिकता, शान्ति र मैत्री विरुद्ध छ ।

२. छिमेकी/क्षेत्रीय आयाम :

क. चिनियाँ आयाम: यो हाम्रो अति घनिष्ट र उदार उत्तरी छिमेकी मित्रराष्ट्र चीनको विचार, विकास र बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरई) विरुद्ध पनि छ । यो चीनलाई घेर्ने र हेर्ने, चीनमा विडङ्गो, बितन्डा, विद्रोह र विष्फोट मच्चाउने र चीनलाई विखण्डन, विभाजन र विनष्ट गर्ने अर्थात् Disturb, Divide, Dominate and Damage गर्ने जस्ता कुमति, कुनीति, कुनियत, कुकूटनीति, कुकर्म र कुलक्ष्य जस्ता कुकार्यनीति र कुरणनीति लिएर आएको छ ।

ख. भारतीय आयाम: यो हाम्रो अर्को छिमेकी राष्ट्र भारतलाई भने तत्कालीन रुपमा फकाउने तर दीर्घकालीन रुपमा फसाउने कपट बोकेर आएको छ । तत्काल भारत गरिब र अविकसित भएकाले सहयोग गरेझैँ गर्ने तर पछि यो पनि महाशक्ति बन्ने संभावना भएकोले त्यसलाई रोक्न यहाँ धार्मिक, जातीय, भाषिक, सांस्कृतिक र साम्प्रदायिक द्वन्दका बिउहरु छरेर पछिसम्म संत्रासपूर्ण, समस्याग्रस्त र संकटग्रस्त बनाई आफ्नो कमाण्ड र कण्ट्रोलमा राखिराख्ने दुर्नियत बोकेर आएको छ ।

३. अन्तर्राष्ट्रिय/वैश्विक आयाम: यो विश्वशान्ति, विश्वमैत्री, विश्वविकास, विश्ववन्धुत्व र विश्वभाइचारा विरुद्ध समेत लक्षित छ । अमेरिका र चीनजस्ता दुई महाशक्ति राष्ट्रहरुको झडपबाट नेपाल धुलोपीठो हुने र तेस्रो विश्वयुद्ध हुने भयङ्कर खतरा छ ।

तसर्थ, यो एमसीसीलाई नेपाल सरकारले मात्र होइन, नेपाली सांसद/संसद र आम नेपाली जनताले पूरै खारेज गर्नु बर्तमान नेपालको एक अनिवार्य र अपरिहार्य आवश्यकता भएको छ । त्यसका लागि आम नागरिकहरु तत्काल सडकमा उत्रिन नित्तान्त जरुरी छ ।